कञ्चनजंघाको एक्काइसौं वार्षिकोत्सव सम्पन्न

पाेखरा | फागुन ७, २०७९

कञ्चनजंघाको एक्काइसौं वार्षिकोत्सव सम्पन्न

पोखरा:  पोखरा महानगरपालिका वडा नं. ११ मा अवस्थित कञ्चनजंघा ईङ्लिश बोर्डिङ स्कुलले आफ्नो २१औँ स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम एक समारोहबीच शुक्रबार सम्पन्न गरेको छ।


कार्यक्रमको उद्घाटन प्रमुख अतिथि भद्रकाली बहुमुखी क्याम्पसका प्राध्यापक बुद्धिसागर सापकोटाले पानसमा दीप प्रज्ज्वलन गरी गर्नुभएको थियो।स्वागत मन्तव्य नेपाली विषय विभागीय प्रमुख शिक्षिका सावित्री शर्माले राख्नु भएको थियो।


कार्यक्रममा विभिन्न बिधाका खेलकूद प्रतियोगिता र अतिरिक्त क्रियाकलापका बिजेता विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिनुका साथै शैक्षिक सत्र ०७८ को शैक्षिक पुरस्कार समेत प्रदान गरिएको थियो। 


विद्यालय निर्देशक श्रीजङ्ग गुरुङले विजेता विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्नु हुँदै उज्ज्वल भविष्यका लागि शिक्षा नै पहिलो खुड्किलो भएकाले लगनशील भएर पढाइमा लाग्न शुभकामना समेत दिनुभएको थियो। 


गत वर्षको वार्षिक परीक्षामा कक्षा पाँच सम्मका विद्यार्थीहरूमा सर्वाधिक अङ्क ल्याउने कक्षा एकको अभिशेक गुरुङ र कक्षा दस सम्मका विद्यार्थीहरूमा कक्षा आठकी रिनाशा शर्मा सर्वाधिक अङ्क प्राप्त गरी पुरस्कृत भएका थिए।विद्यालयका प्रिन्सिपल मित्रलाल पोख्रेलले मन्तव्यका क्रममा आगामी योजनाहरू समेत प्रस्तुत गर्नुभएको थियो।उक्त अवसरमा विद्यार्थीहरूले विविध सांगीतिक तथा सांस्कृतिक प्रस्तुति समेत गरेका थिए।


विद्यालय सञ्चालक समितिकी अध्यक्ष लक्ष्मीदेवी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम शिक्षक सुरेन्द्र सदिच्छाले सञ्चालन  गरेका थिए।

 

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्

काठमाडौँ-   प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।   बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ ।   सङ्घ...

थप पढ्नुहोस्